वर्षापछि आएको पहिरोमा परी १ सय ७ को मृत्यु

२०७४ जेष्ठ ३१ गते, बुधबार

काठमाडौं, ३१ जेठ । बंगलादेशमा भारी वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १ सय ७ पुगेको छ । मृत्यु हुनेमा पाँच सैनिक पनि रहेका छन् । पहिरोले पुरिएको सडकको अवरोध हटाउन खटिएका सेनाको मृत्यु भएको बताइएको छ । बंगलादेशको दक्षिण पूर्र्वी शहर रंगमती पहिरोको सबैभन्दा बढी मारमा परेको बंगलादेशी अधिकारीहरुले जनाएका छन् ।
पहिरोका कारण सयौं घर डुबानमा परेका छन् । पहिरोका कारण सयौं सर्वसाधारण समस्यामा परेका छन् । पहिरोका कारण केही गाउँसँगको सम्पर्क टुटेको छ भने सञ्चार र विद्युत सेवा अवरुद्ध भएको छ ।
वर्षाका कारण राजधानी ढाका र चित्तागाउँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको बताइएको छ । भारी बर्षाका कारण उद्धार कार्यमा समेत कठिनाई भएको बताइएको छ । बंगलादेशमा गत महिना मोरा नामको आँधीले ८ जनाको मृत्यु भएको थियो भने हजारौं घर डुबानमा परेका थिए । मौसमविदहरुले वर्षा अझै केही दिन लम्बिन सक्ने चेतावनी दिएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु