कतारमाथि सहानुभूति राख्नेलाई १५ वर्ष जेल !

२०७४ जेष्ठ २५ गते, बिहीबार

काठमाडौं, २५ जेठ । मध्यपूर्वी देशहरुको विवादका कारण उक्त विषयमा टिप्पणी गर्दै कतारप्रति सहानुभूति राख्नेलाई १५ वर्ष जेल सजाय हुने भएको छ। जर्मनीका विदेशमन्त्रीले यस्तो चेतावनी दिएका हुन् । कतारको विरोध गरिरहेका ६ वटा मुस्लिम देशले आफ्नो हवाई क्षेत्रमा कतारको विमानमाथि प्रतिबन्ध लगाएका छन् ।
यद्यपि कतार र साउदी अरबबीच यो संकट समाधानको प्रयास निरन्तर जारी छ । कुवेतका अमिर दुई देशबीच सहमति जुटाउने प्रयासमा छन् । कतार विरुद्ध उत्रिएका देशहरुले कतारमाथि आतंकवादी समूहलाई सहयोग गरेको आरोप लगाइरहेका छन् । कतार र ६ मुस्लिम देशबीचको विदाको मूल कारण तेलको मूल्य हो । यसले हवाई मूल्य र उपभोग्य वस्तुको मूल्यमा प्रभाव परेको छ। – एजेन्सी

प्रतिक्रियाहरु