मधेसवादी दल एक हुदै

२०७३ चैत्र ३१ गते, बिहीबार

काठमाडौं, ३१ चैत । मधेसी मोर्चामा आवद्ध ७ मधेसवादी घटकमध्ये ६ दलबीच एकता हुने भएको छ । तमलोपा, सद्भावना पार्टी, रामसपा, तमसपा, फोरम गणतान्त्रिक, नेपाल सद्धावना पार्टीबीच सम्भवत वैशाखभित्रै एकता हुनेछ । पार्टीको नाम, चुनाव चिन्ह, झन्डा, नेतृत्वको वरीयता, एकीकृत पार्टीको विधान र दस्तावेजबारे छलफल तिव्र भएको छ । संघीय समाजवादी फोरम भने एकता प्रक्रियामा सामेल नहुने भएको छ ।
तमलोपा अध्यक्ष महन्त ठाकुरले पार्टी एकताका लागि शीर्ष नेताहरूको समन्वयमा दोस्रो तहका नेताहरूबीच छलफल भइरहेको जनाए । एकता सम्बन्धी छलफल गर्न नेताहरु शुक्रबार ठाकुर निवासमा जुट्दैछन् । –कान्तिपुर दैनिकबाट

प्रतिक्रियाहरु