कुलमान घिसिङ ‘पब्लिक सर्भिस ट्रेण्ड सेटर गोल्ड अवार्डबाट सम्मानित

२०७३ चैत्र २८ गते, सोमबार

काठमाण्डौ ,२८ चैत । नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ‘पब्लिक सर्भिस ट्रेण्ड सेटर गोल्ड अवार्डबाट सम्मानित भएका छन । नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो ५१ औं वाषिर्क साधारणसभाको अवसर पारेर सार्वजनिक सेवामा सर्बोत्कृष्ट काम गरेको भन्दै घिसिङलाई सम्मान गरेको हो । यसवर्ष देशमा ब्याप्त उर्जा संकटलाई पार लगाउने दिशामा महत्वपूर्ण काम गरेकोले घिसिङलाई सम्मान गरिएको महासंघको भनाई छ । घिसिङले सार्वजनिक सेवामा काम गर्दा जनताको मनोभावनाअनुसार आफ्नो अधिकतम् प्रयासबाट प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्नुपर्छ भन्ने ‘ट्रेण्ड सेट’ गरेको ठहर महासंघको ठहर छ । घिसिङसँगै विभिन्न क्षेत्रका ब्यक्तित्वलाई पनि महासंघले ‘ट्रेण्ड सेटर गोल्ड अवार्ड’बाट सम्मान गरेको छ । वित्तक्षेत्रमा ट्रेण्ड सेटरको अवार्ड हिमालय शमशेर जबराले प्राप्त गरेका छन । उनि नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर समेत हुन।
त्यसैगरी पर्यटन क्षत्रेको टे्रण्ड सटरको अवाडबार्ट कर्ण शाक्य ,उडड्यन क्षेत्र ट्रेण्ड सेटरको अवार्ड बिरेन्द्रबहादुर बस्नेत र मनोरञ्जन क्षत्रेको अवार्डबाट क्यूएफएक्सका सञ्चालक नकिम उद्दिन सम्मानित भएका छन ।
यसैगरी महासंघले आईटी क्षत्रेको ट्रेण्ड सेटरका अवार्ड रुद्रराज पाण्डेलाई दिएको छ भने शिक्षातर्फ सुरेशराज शर्मा, स्वाथ्यमा सन्दुक रुइत, समाजिक क्षेत्रमा अनुराधा काइरालाले ट्रेण्ड सेटरको आवर्ड प्राप्त गरेका छन् । मरोणरान्त सम्मानबाट बिराटनगर जुट मिल्सका संस्थापक रामलाल गोल्छा सम्मानित भएका छन ।

प्रतिक्रियाहरु