‘प्रचण्ड सरकारको आयु चैत्र मसान्तसम्म मात्र ‘

२०७३ चैत्र २४ गते, बिहीबार

काठमाडौं, २४ चैत । गृहमन्त्री बिमलेन्द्र निधिनै प्रधानमन्त्रीको म्याद चैत्र मसान्तसम्म मात्र भएको बताएका छन् । उनले सरकार निर्माणको क्रममा नेपाली काँग्रेस र माओवादी केन्द्रबीच भएको लिखित सहमतिअनुसार प्रधानमन्त्रीले काँग्रेसलाई सरकारको नेतृत्व हस्तान्त्रण गर्नुपर्ने समेत बताएका छन ।
बुधबार साँझ एक टेलिभिजनसँगको कुराकानीमा गर्दै गृहमन्त्री निधिले भने, ‘विगतमा जस्तो जेन्टलमेन सहमति होइन, सत्ताको नेतृत्वबारे लुकाउने कुरा छैन, यसपालि सत्ताको अवधि प्रचण्डजीको कति अवधिसम्म, शेरबहादुरजी कति हुने लिखित छ ।’
निधिले स्थानीय तहको चुनाव घोषणा भएको अवस्थामा दाहाललाई वैशाख मसान्तसम्मको अवधि लम्बिएको उल्लेख गरे । वैशाख ३१ तोकिएको निर्वाचन सम्पन्न भएलगत्तै कांग्रेसलाई सत्ता हस्तान्तरण गर्नुपर्ने निधिले बताए ।

प्रतिक्रियाहरु