प्रधानमन्त्रीलाई श्रीलंका भ्रमणको निम्तो

२०७३ मंसिर २० गते, सोमबार

काठमाडौं, २० मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाललाई श्रीलंका भ्रमणको निम्तो दिइएको छ । नेपालका लागि श्रीलंकाली राजदूत डब्लुएस पेरेलाले प्रधानमन्त्रीसँगको शिष्टाचार भेटमा सो निम्तो दिएकी हुन् । आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री दाहालले नेपाल र श्रीलंकाबीच पुरानो सांस्कृतिक, धार्मिक सम्बन्ध र एकता रहेको चर्चा गरेका थिए ।
भेटमा प्रधानमन्त्री दाहालले सार्क र दक्षिण एसियाको विकास र समृद्धिमा नेपाल श्रीलंकासँग मिलेर काम गर्न ईच्छुक रहेको भन्दै भूकम्पको पूनर्निर्माणमा श्रीलंकाले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए । भेटमा श्रीलंकाली राजदूत पेरेलाले आगामी वर्ष नेपाल र श्रीलंकाबीच दौत्य सम्बन्ध कायम भएको ६० औं वर्षको अवसरमा प्रधानमन्त्री दाहाललाई श्रीलंका भ्रमणका लागि निमन्त्रणा गरेकी छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु