बुटवलमा प्रदर्शन सुरु

२०७३ मंसिर २० गते, सोमबार

काठमाडौं, २० मंसिर । बुटवलमा आज छैटौं दिन पनि सडकमा मानव सागर ओर्लिएर आन्दोलन चर्किएको छ । संविधान संशोधन प्रस्ताव दर्ताका विरुद्ध सबैतिर आन्दोलन चर्किएको छ । सरकारले प्रदेश नं. ५ को पहाड र तराईलाई अलग–अलग बनाउने गरी संविधान संसोधनको प्रस्ताव संसदमा दर्ता गराएको विरोधमा प्रदेशका सबैजसो जिल्लामा प्रदर्शन भइरहेको छ । सरकारले संसदमा प्रस्ताव दर्ता गराएसंगै प्रदेश नं. ५ का विभिन्न स्थानमा प्रर्दशन भैरहेका छन् । यसैबिच बुटवलमा बिहानैदेखि प्रर्दशन भैरहेको छ ।
पुर्वपश्चिम राजमार्ग तथा सिद्धार्थ राजमार्ग ठप्प छ । संविधान संसोधनको विरुद्ध संस्थागत निर्णय गरेको नेकपा एमाले सहित अन्य राजनीतिक दलका नेता कार्यकर्ताहरुले पनि विहान देखिनै र्‍याली निकालिरहेका छन् । गुल्मीमा पनि अनिश्चिकालिन आम हड्ताल भैरहेको छ । आन्दोलन स्वरुप जिल्लामा यातायात, पसल, सरकारी कार्यालय बन्द गरिएको छ । प्रदेश सिमाङकनको विरोध गर्दै गुल्मी, अर्घाखाँची, रोल्पा, प्यूठानमा दिनहुँ नाराबाजी भैरहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु