रुपन्देही बन्द

२०७३ मंसिर १८ गते, शनिबार

काठमाडौं, १७ मंसिर । संविधान संशोधन प्रस्तावको विरोध गर्दै अखण्ड ५ नम्बर प्रदेश दबाब समूह र बिभिन्न संघ संस्थाको अगुवाईमा आजपनि रुपन्देही जिल्ला बन्द गरिएको छ । बन्दको स्थानीय र व्यापारीहरुले समेत समर्थन गरेका छन् । बन्दको प्रभाव रुपन्देहीका प्रमुख शहर बुटवल र भैरहवाको साथै ग्रामीण भेगमासमेत परेको छ । बिहानैदेखि चोक चोकमा टायर बालेर प्रदर्शन भईरहेको छ । बन्दका कारण जिल्लामा यातायातका साधन संचालन हुन सकेको छैन भने व्यापारीहरले बजार ठप्प गराएका छन् । बन्दको प्रभाव पूर्व–पश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गमा पनि परेको छ । रुपन्देही बन्दको प्रभाव नवलपरासी, कपिलवस्तु र पाल्पामा पनि परेको छ ।
मधेसी मोर्चाको चित्त बुझाउने नाममा लुम्बिनी अञ्चलका पहाडी तीनवटा जिल्ला लगायतलाई पाँच नम्बर प्रदेशबाट टुक्र्याउने प्रस्ताव गरेपछि आक्रोश बढेको हो । संशोधन प्रस्ताव खारेजको माग गर्दै विद्यार्थीहरुले प्रधानमन्त्री प्रचण्डको राजिनामा मागेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु