ग्रेटर नेपालका अध्यक्षलगायत पक्राउ

२०७३ मंसिर १७ गते, शुक्रबार

काठमाडौं, १७ मंसिर । प्रहरीले ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपाललगायत ९ जनालाई शान्ति–बाटिकाबाट पक्राउ गरेको छ । सुगौली सन्धिविरुद्ध नाराबाजी गर्दै काठमाडौंस्थित भारतीय दूतावासअगाडि प्रदर्शन गर्न जान लागेका मोर्चाका अध्यक्ष फणिन्द्र नेपाललगायत ९ जनालाई प्रहरीले शान्ति–बाटिकाबाट पक्राउ गरेको हो । सन् १८१५ मा आजैका दिन भारतको इस्ट इन्डिया कम्पनी सरकारसँग नेपालले सुगौली सन्धि गरेको थियो । जसमा नेपालले मेचीदेखि टिस्टा नदीबीचको भू–भाग र पश्चिममा कुमाउँ, गढवाल, काँगडासहित सतलजसम्मको भू–भाग गुमाएको थियो । पछि भारतमा ब्रिटिसविरुद्धको पहिलो सिपाही आन्दोलन दबाउन सहयोग गरेबापत तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणालाई ब्रिटिस सरकारले बाँके, बर्दिया, कैलाली र कन्चनपुर फिर्ता गरेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु