‘एमालेले सदन र सडकमा प्रतिरोध गर्ने’

२०७३ मंसिर १५ गते, बुधबार

काठमाडौं, १५ मंसिर । नेकपा एमालेले संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्ताव असफल बनाउन सदन र सडकमा प्रतिरोध गर्ने भएको छ । एमालेका सचिव प्रदीप ज्ञवालीले आफ्नो पार्टीसँग छलफलबिना जनमत र संविधानको भावनाविपरीत संघीयतालगायतका विषयमा संशोधनको प्रस्ताव आएकाले त्यसलाई सफल हुन नदिने जनाए । पार्टीको प्रचार विभागले बुधबार राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले प्रदेशसभा गठन र उसको सहमतिबिना सिमाना हेरफेर गर्ने अधिकार अहिलेको संसदलाई नभएको तर्क गरे । ज्ञवालीले भने–‘संविधानको सर्वस्वीकार्यताका नाममा एमालेलाई एक्लो पार्न खोजेर कसरी निकास हुन्छ, यस्तो प्रयासले केवल राष्ट्रिय स्वाधीनतामा आँच आउनेबाहेक अरु काम गर्ने छैन ।’ – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु