भागबण्डाको मारमा कराते खेल

२०७३ कार्तिक ६ गते, शनिबार

काठमाडौ, ६ कात्तिक । विश्व कराते महासंघ WKF नीति नियम अनुसार ४ विधा रहेको सितोरियो,गोजुरियो,सोतोकान र वादोरियो भित्र रहेका राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको १७ वटा राष्ट्रिय कराते संघहरुको नेतृत्व गर्ने नेपाल कराते महासंघ ५ बर्ष देखि पुरेन्द्र बिक्रम लाखे अध्यक्ष र केदारबाबु शिवाकोटी महासचिव रहेको अन्तराष्ट्रिय मान्यता र दावा गुरुङ अध्यक्ष र हरिशरण के सी महासचिव रहेको राष्ट्रिय मान्यता महासंघ रहेको छ ।
देशको प्रतिनिधित्व गर्ने खेलाडी, प्रशिक्षक र रेफ्रीहरुको छनोट प्रक्रिया अब्यबारिक हुनु स्वाभाविक रहेको छ जसले गर्दा जेहेन्दार प्रतिभाहरु छनोट हुन सक्दैन । देशले “SAKF/ AKF/ WKF” लाई तिर्नु पर्ने लेबी पनि खास तिर्नु पर्ने अन्तराष्ट्रिय मान्यता प्राप्त महासंघले हो सो पनि हाल सम्म सम्बन्धित सहभागी खेलाडी, प्रशिक्षक र रेफ्रीहरुले प्रतियोगिता सहभागी कै दौरानमा दामासाही भाग बन्डा गरि तिरी रहेको छ भने यही २०१६ अक्टोबर २४ मा विश्व कराते महासंघको कंग्रेस र प्रतियोगिता अस्ट्रियामा भै रहेको छ भने नेपालले तिर्न पर्ने लेबी ६ लाख ६० हजार अझै बाकी छ ।
खेलाडीहरुलाई प्रतियोगितामा सहभागी हुन, प्रशिक्षकहरुलाई र रेफ्रीहरुलाई लाइसन्स रिनु / अप्ग्रेटमा खर्च आ-आफै गरिरहेको छ भने देशले तिर्नु पर्ने लेबी पनि उपलब्ध गर्न नसक्ने नेतृत्वले नेपालको कराते महसंघ आफ्नै सम्पति प्याओ जसरि ओगटी अल्झी रहनु घातक साबित हुने छ । अन्तराष्ट्रिय भूमिमा नेपालको छबि, प्रतिष्ठा राख्ने हो भने यी दुवै महासंघका पदाधिकारी बाहेक बाहिरी नेतृत्वको सयोजत्वमा निर्बाचन कमिटि बनाई कराते खेलको लोकतान्त्रिक बिधि भित्र रही निर्बाचित भई महासंघको नेतृत्व लिन सक्ने आट गर्नु पर्दछ ।
पद ठुलो होइन काम ठुलो भन्ने सहमति देखाउनुस सबै कराते खेल कर्मिहरुले चाहेको छ र विवाद मुक्त गराउनु भएमा गर्ब पनि गर्ने छन । -धुर्बबिक्रम मल्ल

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु