पाठ्यपुस्तक छपाईसम्बन्धी निर्णय गर्न ढिलाइ

२०७३ आश्विन ३० गते, आईतवार

काठमाडौं, ३० असोज । शिक्षा मन्त्रालयले विद्यालय तहका पाठ्यपुस्तक छपाइसम्बन्धी निर्णय गर्न ढिलाई गरेको छ । आउँदो शैक्षिक सत्रदेखि आधारभुत तहको तल्लो तहमा रंगीन पाठ्यपुस्तक छपाउन सरकारले बजेट बिनियोजन गरेको छ । तर, कति कक्षासम्म र मुलुकभरका विद्यार्थीलाई उपलब्ध गराउने कि पाइलट प्रोजेक्टका रुपमा निश्चित जिल्लामा पुर्‍याउने भन्ने निर्णय हुन सकेको छैन । रंगीन पुस्तक कसले छाप्ने भन्ने पनि निर्क्यौल हुन सकेको छैन ।
हरेक शिक्षामन्त्रीले शैक्षिक सत्रको सुरुवातमै पाठ्यपुस्तक पुर्‍याउने प्रतिबद्धता जनाउने गर्छन् । तर मातहतको कार्यालयले निर्णयका लागि पेस गरेको फाइलको निर्णय तिनै मन्त्रीले बेलैमा नगरिदिँदा कतिपय विद्यार्थीले शैक्षिक सत्रको अन्त्यसम्म पनि पुस्तक पाँउदैनन् । – कान्तिपुर दैनिकबाट

प्रतिक्रियाहरु