विश्व खाद्य दिवस मनाइँदै

२०७३ आश्विन ३० गते, आईतवार

काठमाडौ, ३० असोज । आज अक्टोबर १६ विश्व खाद्य दिवस, संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) को आह्वानमा प्रत्येक वर्षको अक्टोबर १६ मा यो दिवस मनाउने गरिएको छ ।
खाद्यान्न संकट र भोकमरी विरुद्ध लड्नका लागि एकताबद्ध भएर विश्वमै यो दिवस मनाउने गरिएको छ । एफएओका अनुसार जलवायु परिवर्तनले निम्त्याएको मुख्य समस्या खाद्यान्न संकट रहेको हो ।
यो वर्ष दिवसको नारा पनि जलवायु परिवर्तन हुँदैछ, अब खाद्यान्न र कृषिलाई पनि परिवर्तत गरौं भन्ने राखिएको छ । सन् १९४५ अक्टोबरमा गठन भएको एफएओको आह्वानमा यो दिवस मनाउने गरिएको छ । सन् १९७१ मा राष्ट्रसंघको २०औं साधारण सभाले खाद्य तथा कृषि संगठनको स्थापना दिवसको अवसरमा दिवस मनाउने प्रस्ताव गरेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु