शेर्पा सेवा केन्द्रको सातौ अधिवेशन शुरु

२०७३ आश्विन २९ गते, शनिबार

काठमाडौं । शेर्पा समुदायकै जेठो र सम्पन्न संस्था मानिने शेर्पा सेवा केन्द्रको सातौ अधिवेशन शुरु भएको छ । पाँचौ औतारी ङावाङ लोजाङ येशे रिन्पोछे (तोलका टुल्कु)द्धारा अधिवेशनको छ्योमे (दीप) प्रज्जवलन गरी उद्घाटन गरेको हो । तामजामका साथ शुरु भएको अधिवेशनको सत्र जारी छ । ‘लगतै वन्द सत्र हुने र जसमा नयाँ कार्य समिति चयनको प्रक्रिया समेत अघि बढ्ने छ ।’ महासचिव गेल्जे लामा शेर्पाले भने ‘महासचिव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम लगतै कार्य समिति चयनको प्रक्रिया अघि बढाउने तालिका छ ।’ पाँच बर्ष कार्यकाल रहने समितिको नयाँ नेतृत्वको लागि खास आकांक्षीहरु नदेखिएपछि आजै अधिवेशन सकिने अधिकारीहरु वताउँछन् ।
उद्घाटन सत्रमा बोल्दै पूर्वमन्त्री आङ छिरिङ शेर्पाले सेवा केन्द्रले समुदायको विकास, पहिचान स्थापित गर्न र भाषा, धर्म, संस्कृतीको विकासमा टेवा पुगेको बताए । उनले अघि थपे ‘शेर्पा सेवा केन्द्र स्थापनाको ३८ बर्ष पुरा गर्दा हामीमा आमूल परिवर्तन भएको छ । हाम्रो आर्थिक हैसियत बढेको छ । हामी समृद्धीतर्फ उन्मूख भएका छौं ।’ केन्द्र स्थापनाले शेर्पाको पहिचान र गरिमालाई उच्च बनाएको उल्लेख गर्दै सेवा केन्द्रका सल्लाहकार समेत रहेको शेर्पाले भने ‘शेर्पा समुदायमा भएका खर्चहरुमा मिताव्यायिता अपनाउन समेत केन्द्रले भूमिका निर्वाह गरिरहेको छ । यसलाई थप प्रभावकारी रुपमा अघि बढाउनुपर्ने देखिन्छ ।’ संस्कारहरु महंगो हुँदै गएकाले यसलाई न्यूनिकरण गर्दै अघि नबढे समुदायले धान्न सक्ने अवस्था नरहेको तर्फ सचेत गराए । त्यस्तै, पूर्व सांसद आङ ङावा शेर्पाले समुदायको विकासका लागि सेवा केन्द्रका दायर अझ फराकीलो हुनुपर्नेमा जोड दिए । केन्द्रको नेतृत्वमा युवाहरुलाई पनि स्थान दिने र कार्य समितिसमेत व्यापक गर्नुपर्नेमा उनले जोड दिए । केन्द्रका संस्थापक महासचिव सोनाम छिरिङ शेर्पाले समुदायमा खर्च मिताव्यायितातर्फ जोड दिए । उनले गुम्वा भित्र राजनैतिक गन्ध छिर्न नहुनेमा सचेत गराए । त्यस्तै, शेर्पा महिला संघका अध्यक्ष ङिमी शेर्पा शेवा केन्द्रलाई अझ व्यापक बनाउन कार्य समितिमा महिलाहरुको प्रतिनिधित्व बढाउनुपर्ने बताए । त्यस्तै, आचार्य नुवु शेर्पाले धार्मिक संस्थाको रुपमा सेवा केन्द्रको विकास भइरहेकोले यसले गर्ने कार्यहरु अझ सशक्त हुनुपर्ने र समुदायको हितमा व्यापक कार्यक्रमहरु बनाइ लागू गर्नुपर्नेमा जोड दिए । नेपाल शेर्पा संघका अध्यक्ष आङ दोर्जी शेर्पाले समुदाय समृद्धीतर्फ उन्मूख भईरहेको र समय सान्दर्भिक रुपमा परिमार्जित रुपमा संस्कारहरुको विकास गर्नुपर्ने विचार व्यक्त गरे । अध्यक्ष शेर्पाले संस्कारहरु समय सापेक्ष परिमार्जित र सरलीकरण तर्फ समेत सेवा केन्द्रको भूमिका अहम हुने बताए । केन्द्रका पूर्वमहासचिव आङ काजी शेर्पा किसानले शेर्पा समुदायको सम्पतीको रुपमा सेवा केन्द्र स्थापित भइसकेकाले यसले अब पहिचान जन्य गतिविधिहरुलाई जोड दिनुपर्ने बताए । केन्द्र एकांकी नभई वहुउद्देश्यीय हुनुपर्नेमा समेत शेर्पाले जोड दिए ।
केन्द्रका उपाध्यक्ष जाङबु शेर्पाले स्वागत मन्तव्य व्यक्त गर्दै शूरु भएको अधिवेशनको अध्यक्षता वर्तमान अध्यक्ष क्या. आङ देण्डी शेर्पाको अध्यक्षतामा जारी छ । – लाक्पा जी. शेर्पा

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु