आज ग्रामीण महिलाहरुको अन्तर्राष्ट्रिय दिवस

२०७३ आश्विन २९ गते, शनिबार

काठमाडौ, २९ असोज । आज अक्टोबर १५ अर्थात् अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस । सन् २००७ मा संयुक्त राष्ट्रसंघको महासभाले गरेको निर्णय अनुसार सन् २००८ देखि विश्वभर यो दिवस मनाउन लागिएको हो । राष्ट्रसंघका अनुसार विश्वको जनसंख्याको एकतिहाई हिस्सा ग्रामीण महिलाको रहेको छ ।
४३ प्रतिशत ग्रामीण महिलाले कृषि मजदुरको रुपमा काम गर्ने गरेको संयुक्त राष्ट्रसंघको तथ्यांक छ । नेपालमा २०६८ को जनगणनाअनुसार झण्डै ५२ प्रतिशत महिला छन् । ती मध्ये ग्रामीण महिलाको संख्या अधिक छ ।
विश्वका हरेक देशले ग्रामीण महिलालाई समान अवसर दिन सके मात्र सन् २०३० सम्मको दीगो विकास लक्ष्य हासिल हुन सक्ने राष्ट्रसंघको भनाइ छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु