हेलिकोप्टर गन्तव्यमा पुग्न नसक्दा गर्भवतीको ज्यान गयो

२०७३ आश्विन २८ गते, शुक्रबार

काठमाडौं, २८ असोज । खराब मौसमका कारण हेलिकप्टर गन्तव्यमा पुग्न नसक्दा यहाँ एक गर्भवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ पापुङकी ४० वर्षीय पेमा शेर्पा रहेको छ । गर्भवती लिन आएको मनाङ एअरको हेलिकप्टर खराब मौसमका कारण गन्तव्यमा पुग्न नसक्दा उनको गएराति करिब १ बजे मृत्यु भएको मृतकका काका नुर्पु शेर्पाले बताए ।
पेमालाई लिन आएको हेलिकप्टर हिजो दुई पटक पापुङमा अवतरण गराउने प्रयास भए पनि खराब मौसमका कारण अवतरण नहँुदा उनको समयमा उद्धार हुन नसकेको बताइएको छ ।
पहिलो पटकको प्रयास विफल भएपछि हेलिकप्टर खोक्लिङमा अवतरण भएको थियो भने दोस्रो पटक पनि गन्तव्यमा अवतरण नहुँदा सदरमुकाम फुङ्लिङस्थित भानुजन माविको प्राङ्गणमा राखिएको थियो । तर खराब मौसमकै कारण त्यहाँबाट पनि बिहान उडान हुनसकेन । यसरी समयमा उपचार नपाउँदा यस जिल्लाका दुर्गम क्षेत्रमा बर्सेनि गर्भवतीको ज्यान जाने क्रम रोकिएको छैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु