डाक्टर दासमाथि कारबाही सुरु

२०७३ आश्विन २० गते, बिहीबार

काठमाडौ,२० असोज । प्रक्रियाविपरीत तोकादेशका भरमा पिजी भर्ना निर्णय गर्ने बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान(बिपिकेआइएसएच)का उपकुलपति डा बलभद्रप्रसाद दासमाथि सरकारले कारबाही प्रक्रिया अघि बढाउने भएको छ।
प्रतिष्ठानको पोस्टग्राजुयसन(पिजी तहमा विधार्थी भर्नामा नियमपिरीत मनपरी गर्ने गरेको भेटिएपछि स्वास्थ्य मन्त्रालयले कारबाही प्रक्रिया सुरु गर्दे स्पष्टीकरण सोध्ने प्रस्ताव मन्त्रिपरिषद् लैजाने भएको छ ।
स्वास्थ्यमन्त्री गगनकुमार थापाले अनियमित तबरले भएको तीन विद्यार्थी भर्नासमेत रद्ध गर्न प्रतिष्ठानलाई निर्देशन समेत दिएका छन् । स्पष्टिकरणपछि जवाफका आधारमा थप कारबाही प्रक्रिया थाल्ने मन्त्रालयले जानाएको छ ।- नागरिक दैनिकवाट

प्रतिक्रियाहरु