पाकिस्तानी सेना युद्धको तयारीमा

२०७३ आश्विन ७ गते, शुक्रबार

काठमाडौं, ७ असोज । भारतसँग लगातार द्वन्द्व बढ्दै गएपछि पाकिस्तानी सेना युद्धको तयारीमा जुटेको छ । पाकिस्तानले गएराति आफ्ना लडाकु विमान उडाएर युद्धपूर्वको अभ्यास र तयारी गरेको एक पाकिस्तानी पत्रकारले ट्वीटरमार्फत जनाएका छन् । जियो न्यूजका सम्पादक हामिर मीरका अनुसार इस्लामावादमा गएराति चार लडाकु विमान उडेका थिए । इस्लामावादको आकाशमा ‘एफ–१६’ विमानले करिब ४÷५ फन्को लगाएको उनले जनाएका छन् ।
आफूले पाकिस्तानी सैन्य अधिकारीसँग लडाकु विमानको उडानबारे जानकारी माग्दा सैन्य अधिकारीहरुले युद्ध अभ्यास गरिएको जानकारी दिएको पनि उनले जनाएका छन् । सैन्य अधिकारीहरुले सर्वसाधारणलाई निर्धक्क भएर बस्न आग्रह गरेको उनको भनाइ छ । – एजेन्सी

प्रतिक्रियाहरु