आइएसद्वारा अमेरिकी सैनिक क्याम्पमा रकेट आक्रमण

२०७३ आश्विन ६ गते, बिहीबार

काठमाडौं, ६ असोज । इस्लामिक अतिवादी समूह आइएसले इराकस्थित एक अमेरिकी सैनिक क्याम्पमा रासायनिक रकेट आक्रमण गरेको छ । इराकको मसुल शहर नजिक रहेको क्वायरा एयर बेसमा आइएसले रासायनिक रकेट आक्रमण गरेको हो । आक्रमणमा क्याम्पमा रहेकाहरुमा कुनै क्षति भएको छैन । सो क्याम्पमा सयौं अमेरिकी सैनिक बस्दै आएका छन् । इराकमा रहेका संयुक्त सुरक्षा फौजमाथि आइएसले पहिलो पटक रासायनिक हतियार प्रयोग गरेको हो । – एजेन्सी

प्रतिक्रियाहरु