सिरियाली सरकारलाई नागरिकको हत्या बन्द गर्न अपील

२०७३ आश्विन ५ गते, बुधबार

काठमाडौं, ५ असोज। संयुक्त राष्ट्रसंघले नागरिकको हत्या बन्द गर्न सिरियाली सरकारको ध्यानाकर्षण गराएको छ । राष्ट्रसंघका महासचिव बान कि मुनले संयुक्त राष्ट्रसंघ महासभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सिरियाली सरकारले आफनै नागरिकको हत्या गरिरहेको जिकीर गर्दै तत्काल युद्ध रोक्न अपील गरेका छन् । पाँच बर्षदेखि जारी सशस्त्र हिंसामा आम नागरिक मारिएको भन्दै मुनले यसमा राष्ट्रपति बसर अल असद जिम्मेवार रहेको बताए ।
यसैगरी, अमेरिकी राष्ट्रपति बाराक ओबामाले महासभालाई सम्बोधन गर्दै बिश्वका सबै राष्ट्रलाई एकजुट हुन अपील गर्दै संरक्षणवाद र अलगवादलाई त्यागी समान साझेदारीको भूमिका निर्वाह गर्न अपील गरे । साथै उनले विश्वका धेरै राष्ट्रको चुनौती शरणार्थी पनि भएकाले शरणार्थीहरुका लागि सहयोगी हातअघि बढ्नुपर्ने बताए । अमेरिकामा राष्ट्रसंघको महासभा जारी छ । जसमा विश्वभरका सरकारका प्रतिनिधिहरु सहभागी छन् ।- एजेन्सी

प्रतिक्रियाहरु