कंगोमा हिंसा भड्कियो , १७ जनाको मृत्यु

२०७३ आश्विन ४ गते, मंगलवार

काठमाडौं, ४ असोज । अफ्रिकी मुलुक कंगोमा हिंसा भड्कँदा १७ जनाको मृत्यु भएको छ । राष्ट्रपति जोसेफ काबिलाको राजीनामा माग गर्दै गरिएको प्रदर्शनका क्रममा १७ जना मारिएका हुन् । मारिनेमा तीन जना सुरक्षाकर्मी पनि रहेको बताइएको छ । राजधानी किनसासामा प्रदर्शकारीले ठाउँठाउँमा आगजनी गर्नुका साथै सरकारी कार्यालयहरुमा समेत तोडफोड गरेपछि सुरक्षाकर्मीले बल प्रयोग गरेको हो ।
राष्ट्रपति काबिलाले निर्वाचन घोषणा नगरेकाले राजीनामा दिनुपर्ने माग गर्दै प्रदर्शकारीहरुले सरकारविरुद्ध नारा लगाएका थिए । कंगोको निर्वाचन आयोगले नोभेम्बरमा निर्वाचन मिति घोषणा गर्ने बताए पनि राष्ट्रपतिले आनाकानी गर्दै आएको प्रदर्शनकारीहरुको आरोप छ । प्रदर्शनकै क्रममा १० जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । – एजेन्सी

प्रतिक्रियाहरु