न्यूयोर्कमा विस्फोट, २५ जना घाइते

२०७३ आश्विन २ गते, आईतवार

काठमाडौं, २ असोज । अमेरिकाको न्यूयोर्क शहरमा विस्फोट भएको छ । विस्फोटमा परि कम्तिमा २५ जना घाइते भएका छन् । न्यूयोर्कको म्यानहटनमा विस्फोट भएको हो । विस्फोटको कारण खुल्न नसकेको सरकारी अधिकारीले जनाएका छन् ।
नेपाली समय अनुसार बिहान पौने तीन बजे विस्फोट भएको हो । न्यूजर्सीमा पाइप बम बिस्फोट भएको केही घण्टाभित्रै न्यूयोर्कमा विस्फोट भएको हो । घाइतेहरुलाई अस्पताल लगिएको जनाएको छ । डस्टबिनमा राखिएको विस्फोटक पदार्थ विस्फोट भएको सरकारी अधिकारीले आशंका गरेका छन् । प्रत्यक्षदर्शीले बिस्फोटको आवाज परसम्म सुनिएको बताएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु