अमेरिकी सेनाद्वारा सिरियामा हवाइ आक्रमण, ६२ सैनिक मारिए

२०७३ आश्विन २ गते, आईतवार

काठमाडौं, २ असोज । अमेरिकी नेतृत्वमा रहेको सेनाले गरेको हवाई आक्रमणमा पश्चिमी सिरियामा ६२ जना सिरियन सैनिक मारिएको रुसी सेनाले जनाएको छ । अमेरिकाले आफूहरुको आक्रमणमा सिरियन सैनिक परेको जानकारी भएपनि देइर अल जोउरको आक्रमण स्थगन गरिएको जनाएको छ । अमेरिकी प्रशासनका प्रवक्ताले असावधानीवस हुन गएको उक्त घटना र मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
सिरिया संकटकै बारेमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठक बोलाइएको छ । सिरियामा जारी संघर्ष विराम अन्त्य हुने अवस्था पुगेको र यसको दोषी अमेरिका हुने आरोप रुसले लगाएको छ । अमेरिकाले भने आफूहरुको आक्रमणको लक्ष्य आईएस भएको तर निशाना गलत स्थानमा परेको थाहा हुनेवित्तिकै कार्वाही रोकिएको प्रष्ट्याएको छ ।
यता, रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले भने युद्धविरामको आडमा सिरियन विद्रोहीहरु एकजुट हुँदै शक्तिसञ्चयमा लागेको र उनीहरुलाई अमेरिकाले सघाइरहेको आरोप लगाएका छन् । उदारवादी र अतिवादीलाई अलग्याउनु युद्धविरामको लक्ष्य भएपनि अमेरिकाले ठीक उल्टो काम गरिरहेको आरोप लगाए ।- एजेन्सी

प्रतिक्रियाहरु