राष्ट्रपतिलाई हत्याको आरोप !

२०७३ भाद्र ३१ गते, शुक्रबार

काठमाडौ, ३१ भदौ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेमाथि डाभाओ शहरको मेयर भएका बेला न्याय विभागका एक एजेन्टलाई गोली हानी हत्या गरेको आरोप लागेको छ । इडगार माटोबाटो नामका एक स्वघोषित ‘डेथ स्क्वाड’ सदस्यले उक्त आरोप लगाएका हुन् । गैरन्यायिक हत्यासम्बन्धमा संसदको माथिल्लो सदनमा बयान दिदैं उनले यस्तो अभिव्यक्ति दिएका हुन् । संसदको माथिल्लो सदन सिनेटले उक्त हत्याकाण्डको छानविन गरिरहेको छ ।
डुटेर्टेले आफू र अरुलाई २५ वर्ष लामो अवधिमा करिब हजार अपराधी वा राजनीतिक प्रतिद्वन्द्वीको हत्या गर्न अह्राएको माटोबाटो नाम गरेका ‘डेथ स्क्वाड’ का कथित ती सदस्यको भनाइ छ । तर डुटेर्टेका एक प्रवक्ताले भने त्यो आरोपका खण्डन गरेका छन् । राष्ट्रपतिका प्रवक्ता मार्टिन अनडानरले डुटेर्टेको मेयर कार्यकालबारे गरिएका अनुसन्धानहरु असफल भइसकेको बताए । डाभोओ डेथ स्क्वायड नामक कुख्यात भिजिलान्ते समूहले सयौं मानिसको हत्या गरेको मानिएको छ । ५७ वर्षीय माटोबाटो आफूलाई त्यसको सदस्य रहेको दाबी गर्दछन् । उनले भने, ‘लागू औषध बेच्ने, बलात्कारीहरु, लुटेराहरुजस्ता अपराधीको हत्या गर्नु हाम्रो काम थियो, डुटेर्टेका विरोधीहरुलाई पनि निशाना बनाइएको थियो ।’- एजेन्सी

प्रतिक्रियाहरु