हिलारी क्लिन्टन स्वस्थ र फिट छिन् : चिकित्सक

२०७३ भाद्र ३० गते, बिहीबार

काठमाडौं, ३० भदौ । अमेरिकी राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टन स्वस्थ रहेको चिकित्सकहरुले दावी गरेका छन् । नोभेम्बरमा हुने राष्टपति पदको निर्वाचन अभियानमै रहेका बेला एकाएक विरामी भएको खबर सार्वजनिक भएपछि चुनावी अभियानमै असर पर्ने देखिएको थियो ।
क्लिन्टनको स्वास्थ्यस्थितिबारे सर्वत्र चासो र चिन्ता हुन थालेपछि उनको निजी चिकित्सकको टोलीले अमेरिकी राष्ट्रपतिका रुपमा काम गर्न उनी स्वस्थ र फिट रहेको दावी गरेका हुन् । चुनावी अभियानसँगै जारी गरिएको मेडिकल अपडेटमा क्लिन्टनमा देखिएको निमोनियाको प्रभाव क्रमशः कम हुँदै गएको जनाइएको छ । – एजेन्सी

प्रतिक्रियाहरु