नेपाल भारत गृहसचिव स्तरीय बैठक शुरु

२०७३ भाद्र २३ गते, बिहीबार

काठमाडौ, २३ भदौ । नेपाल भारत गृहसचिव स्तरीय बैठक आजदेखि शुरु हुँदैछ । बैठकमा सहभागी हुन गृह सचिव नेतृत्वको टोली हिजो नै दिल्ली पुगिसकेको छ । बैठकमा खुला सिमाका कारण दुवै मुलुकमा हुने र भइरहेका अपराध नियन्त्रणका बारेमा विशेष छलफल हुने तयारी रहेको जनाइएको छ ।
त्यस्तै लागूऔषध ओसारपसार, भारतीय जाली नोटको कारोबारलगायतका विषयमा पनि छलफल हुने गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरु