अस्पतालबाट बच्चा चोर्ने समूह पक्राउ

२०७३ श्रावण २९ गते, शनिबार

काठमाडौँ , २८ साउन । पाकिस्तानको पेशावर क्षेत्रमा अस्पतालबाट बच्चा चोर्ने समूहका सात जना पक्राउ परेका छन् । प्रहरीले निसन्तान दम्पत्तिलाई बेच्नका लागि अस्पतालबाट बच्चा चोरी गर्ने स्वास्थ्यककर्मी सहितको समूहलाई नै पक्राउ गर्न सफल भएको हो ।
नर्ससहित तीन जना स्वास्थ्यकर्मी र एकजना एजेण्टलाई पक्राउ गरिएको प्रहरीको भनाइ उधृत गर्दै बिबिसीले जनाएको छ । त्यो समूहले नवजात शिशुलाई मृत शिशुको शवसँग साटेर परिवारलाई बच्चाको ज्यान गएको बताउने गरेको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेको समूहले कम्तीमा ९ शिशु चोरी गरेको पाइएको छ । शिशु बेचेर ७० हजारदेखि तीन लाख रुपैयाँसम्म लिने गरेको पनि प्रहरीले जनाएको छ । त्यो समूहबाट एकजना नवजात शिशु पनि प्रहरीले फेला पारेको थियो ।

प्रतिक्रियाहरु