ओबामा र हिलारी आइएसका संस्थापक !

२०७३ श्रावण २८ गते, शुक्रबार

काठमाडौं, २८ साउन । अमेरिकी राष्ट्रपतिका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले राष्ट्रपति बाराक ओमामा इस्लामिक स्टेट (आइएस)को संस्थापक भएको आरोप लगाएका छन् । उनले डेमोक्र्याटिक पार्टीकी राष्ट्रपतिकी उम्मेदवार हिलारी क्लिन्टन पनि आइएसको सहसंस्थापक भएको आरोप लगाए । फ्लोरिडामा भएको चुनावी र्‍यालीलाई सम्बोधन गर्दै ट्रम्पले ओबामा संस्थापक रहेकाले आइएसले उनलाई सम्मान गर्ने गरेको बताए । उनले ओबामा र क्लिन्टन आइएसका सबैभन्दा महत्वपूर्ण खेलाडी भएको आरोप लगाए ।
यसैबीच हिलारी क्लिन्टनले भने ट्रम्पले बकवास कुरामात्रै गर्ने गरेको प्रतिक्रिया दिएकी बीबीसीले जनाएको छ । अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावको पूर्वसन्ध्यामा दाबेदारहरु आरोप प्रत्यारोपमा उत्रिएका हुन् ।- एजेन्सी

प्रतिक्रियाहरु