भाजपाका नेता तेवतियाको हत्या प्रयास

२०७३ श्रावण २८ गते, शुक्रबार

काठमाडौँ, २८ साउन । भारत उत्तर प्रदेशको गाजियावादमा भारतीय जनता पार्टीका वरिष्ठ नेता बजपाल तेवतियाको हत्या प्रयास भएको छ । नेता तेवतियालाई लक्षित गरी एके ४७ राइफल मार्फत् गोली चलाइएको थियो । गोली लागेर नेता बजपाल र उनका सुरक्षागार्ड गम्भीर घाइते भएका छन् । उनीहरुको अवस्था चिन्ताजनक छ । ‘उनीहरुलाई नोएडाको के फोर्टिस अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ र उनिहरुको अवस्था निकै नाजुक रहेको बीबीसी जनाएको छ ।
उत्तर प्रदेश प्रहरी अधिकारीका अनुसार बिहीबार राति अबेर दुईवटा गाडीमा आएका व्यक्तिहरुले नेता बजपालमाथि अचानक गोली चलाएका थिए । उनीहरुले बजपालको गाडीलाई घेरेर एके४७ र पिस्तोलले धेरैबेरसम्म अन्धाधुन्द गोली चलाएका थिए ।
जवाफमा नेता बजपालको अंगरक्षकले पनि धेरैबेर फायर गरेका थिए । घटनामा भाजपा नेता र उनका अंगरक्षकसहित सात जना घाइते भएका छन् । आक्रमण लगत्तै सबै आक्रमणकारी भाग्न सफल भएका छन् । प्रहरीले अनुसन्धान जारी राखेको छ र छिट्टै आक्रमणकारी पक्राउ पर्ने जनाएको छ ।

प्रतिक्रियाहरु