चीन र अमेरिकाबीच पदक प्रतिस्पर्धा

२०७३ श्रावण २७ गते, बिहीबार

काठमाडौ, २७ साउन । ब्राजिलको रियो दि जेनेरियोमा जारी ओलम्पिक खेलमा पदक तालिकामा चीनलाई अमेरिकाले उछिनेको छ । पदक तालिकामा अमेरिका र चीनको प्रतिस्पर्धा जारी छ । आज पाँचौ दिनको खेलहरु चलिरहँदा १० स्वर्ण पदकसहित अमेरिका शिर्ष स्थानमा छ । ९ स्वर्ण पदक जितेको चीन दोस्रो स्थानमा छ । ओलम्पिक सुरु भएदेखि नैं पदक तालिकाको शिर्ष दुई स्थानमा रहेका चीन र अमेरिकाले एक अर्कालाई प्रतिस्थापन गरिरहेका छन् ।
पाँचौ दिनसम्म आईपुग्दा ६ स्वर्ण पदक जितेको जापान तालिकाको तेस्रो स्थानमा छ । रुस, दक्षिण कोरिया, हंगेरी र अष्ट्रेलियाले ४–४ वटा स्वर्ण पदक जितेका छन् । रियो ओलम्पिकमा हालसम्म ५१ राष्ट्रले पदक तालिकामा नाम लेखाएका छन् ।

प्रतिक्रियाहरु