प्रसुतिवार्डमा आगलागी, ११ नवजात शिशुको मृत्यु

२०७३ श्रावण २६ गते, बुधबार

काठमाडौं, २६ साउन । इराकको राजधानी बग्दादस्थित यारुर्मुक अस्पतालमा भएको आगलागीमा परी कम्तिमा ११ नवजात शिशुको मृत्यु भएको छ । स्थानीय समयअनुसार मंगलबार अबेर राति सहरको पश्चिममा रहेको अस्पतालको प्रसूतिवार्डमा आगो सल्किएको इराकी स्वास्थ्य मन्त्रालयले जनाएको छ । आगोले पोलेर र धुँवामा अरु निसास्सिएर १९ जना बिरामी परेका छन् ।
सो वार्डमा रहेका ७ जना शिशु र २९ जना महिलालाई अर्को अस्पतालमा सारिएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
विद्युत् शर्ट भइ आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको छ । – एजेन्सी

प्रतिक्रियाहरु