फिल्मी शैलीमा लुटपाट

२०७३ श्रावण २६ गते, बुधबार

काठमाडौ, २६ साउन । भारतमा गुडिरहेको रेलबाटै करिब ६ करोड भारतीय रुपैयाँ फिल्मी शैलीमा लुटिएको छ । केन्द्रीय रिजर्भ बैंकको सो रकम गुडिरहेको रेलको छत काटेर लुटेराले लगेका हुन् । सलेमबाट सोमबार राति चेन्नई जाँदै गरेको रेलमा सो घटना भएको हो । भारतीय संचारमाध्यमका अनुसार बैंकको ३४२ करोड रुपैयाँ रेलको एउटा डिब्बामा राखिएको थियो । छेउको अर्को डिब्बामा सुरक्षाकर्मी थिए । तर रातको समयमा लुटेराले रेलको छट काटेर ८ करोड ८० लाख रुपैयाँ लिएर फरार भएका छन् ।
सो रकम लुट्ने गिरोहका बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । छतमा करिब दुई वर्गफिटको प्वाल पारिएको छ । – एजेन्सी

प्रतिक्रियाहरु