यमनमा हवाई हमला, १५ जनाको मृत्यु

२०७३ श्रावण २६ गते, बुधबार

काठमाडौं, २६ साउन । यमनमा साउदी अरब नेतृत्वको गठबन्धनले गरेको हवाई हमलामा १५ जनाको मृत्यु भएको छ । राजधानी सानामा गरिएको हवाई हमलामा थुप्रै घाइते भएका छन् । सानास्थित सैनिक अखडालाई लक्षित गरी गरिएको हमलामा मारिने अधिकांश कारखानामा काम गर्ने महिला मजदुर रहेकोे बताइएको छ । यमनमा हुथी बिद्रोही र सेनाबीच बर्षाैंदेखि संघर्ष जारी छ । संघर्षकै क्रममा सयौंको ज्यान गइसकेको छ । – एजेन्सी

प्रतिक्रियाहरु