शान्तिपूर्ण प्रदर्शनमा गोली प्रहार एकसय जनाको मृत्यु

२०७३ श्रावण २५ गते, मंगलवार

काठमाडौं, २५ साउन । अफ्रिकी मुलुक इथियोपियामा शान्तिपूर्ण प्रदर्शनका क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा एक सय जनाको मृत्यु भएको छ । पछिल्लो दुई दिनमा सुरक्षाकर्मीको गोली लागेर प्रदर्शनमा उत्रिएका एक सय जनाको मृत्यु भएको मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनललाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
राजनीतिक सुधार, न्याय तथा कानुनी व्यवस्थाको माग गर्दै गरिएको प्रदर्शनमा सुरक्षाकर्मीले हस्तक्षेप गरेको हो ।
जनजाती समूहको बाहुल्यता रहेको क्षेत्र ओरोमिया र अमहारामा प्रदर्शन भएका छन् । सेना तथा प्रहरीले ठूलो संख्यामा प्रदर्शनकारीलाई पक्राउ गरेर आफ्ना तालिम केन्द्रमा राखेको छ ।
इथियोपियाको सरकारले बाहिरी शक्तिको आडमा प्रदर्शन भएकाले कुनै पनि हालतमा स्वीकार्य नहुने जनाएको छ । तर, प्रदर्शनकारीले भने आफूहरुले आफ्नो समुदायको हितको माग गरेको बताउँदै आएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु