बारमा आगलागी, १३ जनाको मृत्यु

२०७३ श्रावण २२ गते, शनिबार

काठमाडौं, २२ साउन । फ्रान्सको उत्तरी बुआँ शहरको एक बारमा भएको आगलागीमा कम्तिमा १३ जनाको मृत्यु भएको छ । जन्मदिनको पार्टी भइरहेका समयमा आगो लाग्दा मृत्यु हुनेमा १८ देखि २५ वर्ष उमेर समूहका रहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । आगलागीमा परेर छ जनाभन्दा बढी जलेका छन् । आगे नियन्त्रणका लागि ठूलो संख्यामा अग्नी नियन्त्रक परिचालन गरिएको थियो ।
फ्रान्सका गृहमन्त्री बर्नाडले घटनाबारे अनुसन्धान सुरु गरिएको बताएका छन् । मैन बत्तीबाट आगो सल्किएको अनुमान गरिएको छ । – एजेन्सी

प्रतिक्रियाहरु