ओबामाद्वारा २ सय १४ कैदीलाई माफी

२०७३ श्रावण २० गते, बिहीबार

काठमाडौं, २० साउन । अमेरिकी राष्ट्रपति बाराक ओबामाले २ सय १४ जना कैदीको बाँकी सजाय माफी दिएका छन् । योसहित ओबामाले अहिलेसम्म ५ सय ६२ जनालाई कैद माफी दिएका हुन् । व्हाइट हाउसले आफ्नो आधिकारिक ट्वीट हैन्डलमा भनेको छ–अमेरिका यस्तो देश हो जहाँ मानिसलाई दोस्रो अवसर दिइन्छ । व्हाइट हाउसका अनुसार गत सय वर्षमा पहिलोपटक कुनै राष्ट्रपतिले एक दिनमा यति धेरै कैदीको सजाय माफ गरेका हुन् । एउटा वक्तव्यमा व्हाइट हाउसले राष्ट्रपतिको यो निर्णय ड्रग्ससँग सम्बन्धित अहिंसक अपराधमा पूराना र आवश्यकताभन्दा कडा कानुन अन्तर्गत सजाय भोगिरहेकाहरुका हकमा गरिएको हो ।
जुन कैदीलाई जेलबाट रिहा गरिँदैछ त्यसमध्ये ६७ जना यस्ता छन् जसले जन्मकैदको सजाय काटिरहेका छन् । यद्यपि सबै कैदीलाई तत्काल रिहा भने गरिने छैन । केही कैदीको सजाय वर्तमान कानुनअनुसार कम गरिनेछ । कतिले भने पहिला नशा मुक्ति कार्यक्रम पूरा गर्नुपर्नेछ ।- एजेन्सी

प्रतिक्रियाहरु