सिरियामा ग्यास हमला

२०७३ श्रावण १९ गते, बुधबार

काठमाडौँ, १९ साउन । सिरियाको सराकेब शहरमा क्लोरिन ग्यासबाट हमला गरिएको छ । हेलिकोप्टरबाट फालिएको क्लोरिन ग्यासका कारण ३० जना प्रभावित भएका छन् । बिद्रोही सेनाले रुसी हेलिकोप्टर खसालेकै ठाउँमा फालिएको क्लोरिन ग्यासबाट प्रभावित हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् । प्रभावितहरुलाई श्वास प्रश्वासमा समस्या हुनुका साथै मुखबाट रगत आउनेसम्मको लक्षण देखा परेको छ । प्रभावितहरुको अवस्था निकै नाजुक भएको बताइएको छ । क्लोरिन ग्यास कसले र किन फाल्यो भन्ने पुष्टी भएको छै्न ।
यसैबीच सिरियास्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार संस्थाले भने यस प्रकारको आक्रमण निकै नै निन्दनीय भएको भन्दै जिम्मेवार जो कोहीलाई पनि कडा कारबाही गर्नुपर्ने माग गरेको छ ।-एजेन्सी

प्रतिक्रियाहरु