आज वीपी स्मृति दिवस

२०७३ श्रावण ६ गते, बिहीबार

काठमाडौं, ६ साउन । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३४ औं स्मृति दिवस आज देशभर मनाइँदैछ । वि.सं. १९७१ भदौ २४ गते जन्मिएका बीपीको घाँटीको क्यान्सरका कारण २०३९ साल साउन ६ गते निधन भएको थियो । क्रान्तिदृष्टा, सिद्धान्तनिष्ठ र अटल राष्ट्रवादका धनी बीपी साहित्यमा अराजक र राजनीतिमा व्यवहारवादी थिए । उत्पीडन, कठोर यातना र अत्यन्त कठिन अवस्थामा पनि राष्ट्रियता र प्रजातन्त्रप्रतिको आधारभूत निष्ठालाई नत्याग्ने बीपीले जीवनभर देश र जनताकै लागि संघर्ष गरे ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु