भूकम्प पीडितलाई नयाँ ट्याक्सी दर्ता गर्न दिए आन्दोलन !

२०७३ श्रावण ५ गते, बुधबार

काठमाडौ, ५ साउन । भूकम्पपीडितको नामममा सरकारले ब्रक्हलुट गर्ने गरी नयाँ ट्याक्सी दर्ताको आहृवान गरेको भन्दै नेपाल मिटर ट्याक्सी व्यवसायी संघले तत्काल निर्णय फिर्ता लिन माग गरेको छ । संघले सरकारले निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ । नेपाल मिटर ट्याक्सी व्यवसायी संघले सरकारले भूकम्प पीडितको नाममा ठूलो आर्थिक चलखेल गर्न विनाभन्सार सहुलियत १५ सय ट्याक्सीको खताए आहृवान गरेको भन्दै तत्काल सो निर्णय सच्याउन माग गरेको छ । संघका अध्यक्ष चेतप्रसाद गौतमले भने, वास्तविक भूकम्पपीडितलाई विगतमा भएको सहमति कबमोजिम भन्सार सहुलियतसहित ५ सय ट्याक्सी दर्ता गर्नुपर्छ , पीडितको नाममा हाल भइरहेको व्यवसायलाई विस्थापित गर्ने षड्यन्त्र भइरहेको छ, हामी यसको घोर बिरोध गछौं ।’ उनले सो निर्णय सरकारले तत्काल फिर्ता नलिए आन्दोलनमा ट्याक्सी व्यवसायी र चालक पनि उत्रने चेतावनी दिए । – राजधानी दैनिकवाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

पुल एकातिर, खोला अर्कैतिर !

२०८१ जेष्ठ ६ गते, आईतवार

सुन प्रतितोला १ लाख ४० हजार ९ सय

२०८१ जेष्ठ ६ गते, आईतवार

स्टार्टअपलाई १० वर्ष आयकर छुट

२०८१ जेष्ठ ६ गते, आईतवार

नेप्से शून्य दशमलव ७९ अंकले बढ्यो

२०८१ जेष्ठ ३ गते, बिहीबार