बालाजु कराते-डो प्रतिष्ठानको साधारण सभा सम्पन

२०७३ श्रावण ४ गते, मंगलवार

काठमाडौँ, ४ साउन । बालाजु कराते-डो प्रतिष्ठान,नेपालको आठौ साधारण सभा र केन्द्रिय निर्बाचन आज सम्पन्न भएको छ । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष – जिबनराम श्रेष्ठले उत्घाटन गरेको उक्त सभाबाट अध्यक्ष -ध्रुब बिक्रम मल्ल उपाध्यक्ष- बलराम मित्र, उपाध्यक्ष – प्रिथि बहादुर श्रेष्ठ,त्यस्तै महासचिबमा- चन्द्रप्रकाश घर्ति मगर, सचिव – तिरनदाज गौतम, कोषाध्यक्ष – नवराज मास्के, सदस्यहरु – छत्र बहादुर आले मगर, रेशमलाल लामा तामांग,राजेन्द्र कुमार ओझा,दिनेश महत र अनुपमा मगर निर्बिरोध निर्बाचित भएका छ्न ।
कार्यक्रममा भर्खरै सम्पन्न थाईल्याण्ड ओपन कराते प्रतियोगितामा नेपालका लागि एक मात्र रजत पदक दिलाउने खेलाडी – अल्बिना नगरकोटीलाई नगत रु. दस हजार रुपयाँ र सम्मान प्रत्रका साथ सम्मान गरेका थिए ।
नेपाल कराते महासंघ रेफ्री कमिटिका सचिब तथा AKF रेफ्री बि आर मित्र बालाजु -डो प्रतिष्ठानका अध्यक्ष तथा प्रमुख प्रशिक्षक AKF रेफ्री ध्रुब बिक्रम मल्लले सो प्रतियोगितामा नेपालको तर्फबाट रेफ्रीको भूमिका निर्भाह गरेका थिए । नेपाल कराते महासंघका अध्यक्ष – पुरेन्द्र बिक्रम लाखे, रेफ्री कमिटिका अध्यक्ष -प्रकाश मोहन धौबडेल, नेपाल सोतोकान कराते संघका प्रमुख प्रशिक्षक – श्याम शेर्पा, गोजुरियो कराते केन्वाकाईका प्रमुख प्रशिक्षक – विशन सिंह खड्का अतिथि रहेको उक्त साधारण सभामा प्रमुख निर्बाचन अधिकृत अधिबक्ता – हरि प्रसाद पौडेल, निर्बाचन अधिकृत अधिबक्ता – तेज बहादुर सिंह, निर्बाचन अधिकृत अधिबक्ता – प्रकाश रावल रहेको समितिले निर्बाचित पधाधिकारीहरुलाई निर्बाचित प्रमाण प्रत्र प्रदान गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु