सवारी लाइसेन्स नवीकरण शुल्क दोब्बर

२०७३ श्रावण ४ गते, मंगलवार

काठमाडों,४ साउन । यातायात व्यवस्था विभागले सवारी लाइसेन्स शुल्क बढाएको छ । विभागले यहि साउन १ गतेदेखि लागू हुनेगरी सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को आवेदन दस्तुर, नयाँ लाइसेन्स, नवीकरण र प्रतिलिपी शुल्कमा दोब्बर बढीले बृद्धि गरेको छ । विभागले लाइसेन्स लिन लिखित परीक्षाको फारम शुल्क २ सय रुपैयाँबाट बढाएर ५ सय रुपैयाँ बनाएको छ ।
यस्तै दुईपांग्रे सवारी–साधनको लाइसेन्स लिँदा र नवीकरण गर्दा लाग्ने शूल्क १५ सय रुपैयाँ पुर्‍याएको छ । यसअघि, ७ सय रुपैयाँ थियो ।
विभागले कार, जिप, डेलिभरी भ्यानको शतप्रतिशत बढाएर २ हजार रुपैयाँ पुर्‍याएको छ । मिनीबस, मिनीट्रकको १५ सय रुपैयाँबाट बढाएर २५ सय र ठूला सवारी–साधनको लाइसेन्स लिँदा ३ हजार रुपैया तिर्नुपर्ने भएको छ ।
त्यस्तै, प्रतिलिपी लाइसेन्स लिँदा लाग्ने १ सय रुपैयाँबाट बढाएर ५ सय रुपैयाँ बनाइएको छ । विभागका प्रवक्ता वसन्त अधिकारीले गैरकर राजश्व बढेकाले यातायात विभागबाट प्रवाह हुने सबै सेवा शूल्य साउन १ गतेदेखि बढाइएको बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

पुल एकातिर, खोला अर्कैतिर !

२०८१ जेष्ठ ६ गते, आईतवार

सुन प्रतितोला १ लाख ४० हजार ९ सय

२०८१ जेष्ठ ६ गते, आईतवार

स्टार्टअपलाई १० वर्ष आयकर छुट

२०८१ जेष्ठ ६ गते, आईतवार

नेप्से शून्य दशमलव ७९ अंकले बढ्यो

२०८१ जेष्ठ ३ गते, बिहीबार