हिन्दु महिलाहरु साउने सोमबारको ब्रत बस्दै

२०७३ श्रावण ३ गते, सोमबार

काठमाडौ, ३ साउन । आज साउनको पहिलो सोमबार, हिन्दु महिलाहरु आजवाट साउने सोमबारको ब्रत बस्ने गर्छन । आज पशुपतिनाथलगायत देशभरका शिव मन्दिरहरुमा साउने सोमबारको ब्रत लिने हिन्दु धर्मावलम्बी महिलाहरुको बिहानैदेखि घुईंंचो लागेको छ । साउनको सोमबार व्रत बसे मनले चिताएको कुरा पुरा हुने विश्वास गरिन्छ । यसपटकको साउनमा ५ वटा सोमबार परेकाले पनि व्रतको अझ महत्व हुने धार्मिक विश्वास गरिन्छ । साउन महिनामा ब्रत बसेर हरियो रंगको चुरा, कपडा र मेहेन्दी लगाए शिव खुशी हुने र मनोकांक्षा पुरा हुने बताइन्छ ।
पशुपति क्षेत्र विकास कोषले यो पटक भक्तजनलाई पशुपतिनाथको दर्शन गर्न सजिलो बनाएको बताएको छ । आज बिहान ४ बजेदेखि नै पश्चिम ढोका खोलिएको थियो भने मध्यान्ह केहीबेर बाहेक अहिले बिहान साढे ८ बजेदेखि दिउँसो ३ बजेसम्म चारवटै ढोका खोलिराख्ने पशुपति विकास क्षेत्र कोषले जानकारी दिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु