कालोपत्रे सडक एक महिनापनि टिकेन

२०७३ श्रावण ३ गते, सोमबार

काठमाडौं, ३ साउन । सेतोपुल–पुरानो बानेश्वर–सिनामङ्गल सडक विस्तार गरी कालोपत्रे गरिएको एक महिना पनि नपुग्दै खाल्टाखुल्टी भएपछि साउने झरीमा मर्मत सुरु भएको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले सडकको केन्द्रबाट दायाँबायाँ ११/११ मिटर विस्तार गरी कालोपत्रे गरिएको एक महिनापछि सडकका ठाउँ ठाउँमा खाल्टाखुल्टी भएको स्थानीयवासीको गुनासो छ ।
निर्माण कम्पनीले गुणस्तरीय काम नगर्दा सडक बनाउनेबित्तिकै भत्किएको स्थानीयवासी राममणि न्यौपानेले बताउँछन् । ‘रु आठ करोड ५९ लाखको लागतमा कालोपत्रे गरिएको दुई किमी सडकमा सवारी चलाउनै मुस्किल हुने गरी खाल्टाखुल्टी भएको छ, सडक बिग्रिएको गुनासो गर्न जाँदा आयोजनाले ठेकेदारको प्रतिनिधिजस्तो गरी उसकै पक्षमा वकालत गर्‍यो, यसैबाट स्पष्ट हुन्छ के कारण गुणस्तरीय सडक बनेन,’ उनले भने ।
यो सडकको निर्माण ‘लामा बिल्डर्स, बिरुवा च्याङ्मिला जेभी’ले गरेको आयोजना प्रमुख मनोज श्रेष्ठले जानकारी दिए । ‘सडकको केन्द्रमा बर्खे भेल कटाउन राखिएको ढलका कारण सडकमा खाल्टाखुल्टी भएछ, ढुङ्गेधारामा फोहर फालेकाले मूलको पानी सेतो पुलका दुवै भागमा गएर बिग्रिएछ,’ उनले भने ।
साउने झरीमा खाल्टाखुल्टी भएको सडक मर्मत गराइरहेका ठेकेदारका प्रतिनिधिद्वय बद्री खड्का र तुलसी वाग्लेले सडक गुणस्तरीय नबनाइएकाले एक महिना नपुग्दै भत्किएका विषयमा प्रतिक्रिया माग्दा केही नबोल्ने बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

पुल एकातिर, खोला अर्कैतिर !

२०८१ जेष्ठ ६ गते, आईतवार

सुन प्रतितोला १ लाख ४० हजार ९ सय

२०८१ जेष्ठ ६ गते, आईतवार

स्टार्टअपलाई १० वर्ष आयकर छुट

२०८१ जेष्ठ ६ गते, आईतवार

नेप्से शून्य दशमलव ७९ अंकले बढ्यो

२०८१ जेष्ठ ३ गते, बिहीबार