आज हरिशयनी एकादशी

२०७३ असार ३१ गते, शुक्रबार

काठमाडौं, ३१ असार । आज हरिशयनी एकादशी हिन्दू धर्मालम्बीहरुले आ–आफ्नो घरमा तुलसीको बिरुवा रोपी पूजा गरी मनाउदै छन् । हरेक वर्ष आषढ शुक्ल एकादशीका दिन हरिशयनी मनाउने गरिन्छ । आजको दिन नुवाइ धुवाइ गरेर विहानै देखि ब्रत बसी साझ तुलसीको पुजा गर्ने चलन छ ।
आरोग्य दायक, महाऔषधीय गुण भएको तुलसी घरआँगनमा रोपेर भगवान विष्णुको प्रतिकका रुपमा पूजा गर्ने प्रचलन रहेको छ । हरिशयनी एकादशीसँगै आजदेखि चतुर्मास ब्रत पनि शुरु भएको छ ।
भगवान विष्णु आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीको दिन शयन गरी कात्तिक शुक्ल एकादशीको दिन ब्यूँझने मान्यताका साथ चतुर्मास भरी विष्णुको पूजा गर्ने, ब्रत बस्ने चलन छ ।
यसै अवसरका पशुपति क्षेत्र विकास कोषले तुलसीको बिरुवा निःशुल्क उपलब्ध गराउँदैछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु