जम्मु कश्मिरमा कर्फ्यु

२०७३ असार २ गते, बिहीबार

काठमाडौ, २ असार । भारत प्रशासित जम्मु कश्मिरको जम्मुमा मुस्लिम युवाले मन्दिर तोडफोड गरेपछि साम्प्रदायिक तनाव बढेको छ ।
तनाव बढ्दै गएपछि सहरमा कर्फ्यु लगाइएको छ भने इन्टरनेट सेवासमेत बन्द गरिएको छ । हिन्दू समर्थक प्रदर्शनकारीहरुले प्रहरी चौकीमा पसेर गाडी तोडफोड गर्नुका साथै विद्यालयमा समेत क्षति पुर्याएका छन् । प्रहरी र प्रदर्शनकारीबीच घन्टौं झडप भएको छ ।
त्यहाँको प्रहरीले ५० भन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । मुस्लिम युवाले स्थानीय रुपनगर क्षेत्रमा रहेको शम्भु मन्दिर तोडफोड गरेका थिए । घटनाको विरोधमा हिन्दूवादी संगठनले जम्मुमा आमहडताल सुरु गरेका छन् ।

प्रतिक्रियाहरु