गाई मन्त्रालय गठन गर्न माग

२०७३ असार २ गते, बिहीबार

काठमाडौ, २ असार । भारतस्थित विश्व हिन्दू परिषदको गोरक्षा शाखाले नरेन्द्र मोदी सरकारसँग गाईको कल्याणका लागि अलग्गै मन्त्रालय बनाउन माग गरेको छ।
भारतीय गोवंश रक्षण प्रवर्द्धन परिषदले मोदी सरकारसँग सन् २०१४ को निर्वाचनका गरेको बाचा पूरा गर्न पनि भनेको छ। बीजेपीले निर्वाचनअघि देशका गाईको रक्षा गर्ने बाचा गरेको थियो ।
हिन्दूस्तान टाइम्समा प्रकाशित समाचारअनुसार विश्व हिन्दु परिषदको गाई संरक्षण समितिले देशभर गौहत्यामा पूर्ण रोक लगाउन माग गरेको छ। त्यसका लागि अलग्गै गाई मन्त्रालय गठन गर्न माग गरिएको हो ।
समितिले जसरी गंगालाई स्वच्छ बनाउने प्रयास गरिएको छ, त्यसरी नै गाईको सुरक्षाका लागि कोशिस गर्न माग गरेको छ। स्मरणरहोस् विश्व हिन्दू परिषद राष्ट्रिय स्वयम सेवक संघबाट मान्यता प्राप्त संगठन हो ।

प्रतिक्रियाहरु