राष्ट्रिय जनमुक्ति पार्टीको प्रवास समिति बिघटन

२०७३ असार १ गते, बुधबार

काठमाडौ, १ असार । संघिय जनमुक्ति पार्टीका संघिय परिषदको सदस्य सहित प्रवास समितिका ( भात्री संगठन ) जनमुक्ति मंचहरु बिघटन गर्दै कार्यसमिति लगायत कार्यकर्ताहरुले पार्टी परित्याग गरेका छन । जनमुक्ति मंचहरुबाट १२१ जना भन्दा बढी कार्यकर्ताले पार्टी परित्याग गरेका छन् | संघिय परिषदका सदस्य तथा जनमुक्ति मंच साइप्रक्सका अध्यक्ष रमिला राईको कार्यसमिति कार्यकर्ता गरि साइप्रसबाट ६९ जना, जनमुक्ति मंच कतारको अध्यक्ष राज खम्बु राई, महासचिब फारापा रुम्बा तामांगको साथमा ३७ जना, बहराइनका संयोजक तथा नौलो अभियान अनलइन निउज सम्पादक प्रमेश तमु, इजराइलबाट सह अध्यक्ष सरस्वति तामांगको साथमा ८ जना साउदि र मलेसिया, कुवत, दुबाई साउथ कोरिया , जापान र पोर्तुगलका संयोजक गुरुङ फिल्म नायिका अविला गुरुङ लगायतका प्रबास समिति सदस्य कार्यकर्ताहरु र संघिय परिसद सदस्य तथा जनमुक्ति मंच बेलायतका निबर्तमान महासचिब कमान सिङ कर्मा पहाडी शेर्पा सहित १२१ जनाले एकै साथ राष्ट्रिय जनमुक्ति पार्टी त्यागेका छन् | हिजो मात्र सम्पन्न राष्ट्रिय जनमुक्ति पार्टी एकताको पाँचौ महादिबेशनमा पार्टी एकिकरण हुनमा केन्द्रिय नेताहरुलाई प्रबासबाट पटक पटक पार्टीलाई प्रगतिसिलतिर लान आग्रह गरेका थिए। जसको लागि सबै भन्दा अगाडी संघिय समाजबादी फोरम, सामाजिक लोकतान्त्रिक र संघिय गर्णतान्त्रिक पार्टीसंग एक गर्न प्रबासबाट पटक पटक आग्रह गरेका थिए । तर, दुई चारजना व्यक्तिको पदिय प्रलोभनको कारण सो हुन् नसकेको उनीहरुको बुझाई भएको बताएको छ | मान्छेलाई घरमा बोलाउने अनि ढोका नखोल्दिने प्रवृतिले पार्टी एकिकरण नभएको भन्ने जस्ता कुराले देश बिदेशमा रहेको भात्री संगठनहरुका साथै कार्यकर्ताहरुमा अन्योलता छाएको अबस्थामा पार्टी नेतृत्व कर्ताहरुले कार्यकर्ताहरुको भावाना प्रति कुनै पनि सकारात्मक कसरत नगरेको पार्टीको पुरानै प्रवृति प्रति खेद प्रकट समेत गरेको थियो | कुनै पनि आफ्नो नजिकको मित्र शक्ति पार्टीहरुसंग पार्टी एक हुन नसक्नुमा पार्टी भित्र र नेत्रित्वमा प्रतिगामितत्व देखिएको बताएका छन् |
पार्टीले कार्यकर्ता साथै प्रभास संगठनहरुको मनोभावना नबुझ्ने र निर्णायक निर्णय नलिएको खाली पदमुखी स्वार्थ र जातिवादी कुरालाई प्रसय दिई रहने हो भने अब अर्को २५ वर्ष यस्तै पार्टीको इतिहासको मन्त्र मात्र जपेर बस्ने व्यवस्थाले आफुहरु विश्व जनमुक्ति मंचबाट एकैसाथ पार्टी परित्यागको घोषणा गरिएको बताएका छन् |
जनमुक्तिको यथास्थितिको राजनीतिले मुक्ति सम्भव छैन । र्यो पार्टि कुनै व्यक्ति विशेषलाई आजीवन पदमा राखिराख्नको लागि स्थापना भएको थिएन । जातीय, क्षेत्रीय उत्पीडनमा परेका आदिवासी जनजाति, दलित एवं उत्पीडित समुदायको मुक्तिको लागि २६ वर्ष अगाडि स्थापना भएको पार्टी व्यक्ति विशेषको कारण अगाडि बढ्न सकेन । जातीय/राष्ट्रिय मुक्तिको नारा नारामै सीमित रह्यो । गोरे बहादुर खपाङ्गी, एमएस थापा र शिवलाल थापालाई मन्त्री बनाउने र मन्त्री बन्नसाथ पार्टी फुटाउने बाहेक केही गर्न सकेन । सोही कारण सयौं कार्यकर्ताहरु पार्टीबाट पलायन भए, कोही निष्कृय रहे । धेरैको राजनैतिक जीवन नै सकियो ।
यि यावत कुराहरूलाइ मध्यावजर गर्दै समय र परिबर्तनको बहाबलाइ आत्मसाथ गर्दै अब एउटा नयाँ सोचका साथ अधि बढ्ने विचारले विभिन्न देशका जनमुक्ति मंचहरुका संगठन बिघटन भएको हो |

प्रतिक्रियाहरु