वीर्यदान गर्नेलाई आइफोन उपहार !

२०७३ जेष्ठ ३२ गते, मंगलवार

काठमाडौं, ३२ जेठ । चीन सरकारले देशका लागि आफ्नो वीर्यदान गर्न भनेको छ । चीनले देशका २० देखि ४५ वर्षका युवाहरुमा वीर्यदान गर्न अपिल गरेको हो । चीनको स्पर्म बैंक यतिबेला चरम वीर्य अभावको सामना गरिरहेको छ। त्यसैले सरकराले यस्तो अपिल गरेको हो । सरकारले आफ्नो नीति परिवर्तन गर्दै चिनियाँ दम्पत्तिलाई दोस्रो सन्तान जन्माउने अनुमति दिएको छ । यसपछि चीनमा वीर्य अभाव झनै बढ्ने आशंका गरिएको थियो । त्यसैले सरकारले यसप्रकारको कदम चालेको हो ।
एक अध्ययनका अनुसार अहिलेसम्म जस्ले वीर्य दान गरिहेका थिए, उनीहरु अधिकांश वृद्ध भइसकेका छन् वा स्पर्प स्क्रीनिङमा फेल भएका छन् । यही कुरालाई ध्यानमा राखेर सरकारले सर्वजनिक अपिल गरेको हो ।
सामाजिक सञ्जालमा अहिले यसका लागि अफरको बाढी नै आएको छ। युवाहरुलाई लोभ्याउन विभिन्न खाले अफ दिइएको हो । वीर्यदान गर्नेलाई १ हजार डलरसम्मको आइफोनको अफर गरिएको छ ।
विज्ञहरुका अनुसार अपिलपछि पनि वीर्य संकलन गर्न कठिन हुनेछ । किनभने चीनको परम्परागत औषधिमा स्पर्मलाई जीवन शक्तिका रुपमा लिने गरिन्छ । यस्तो अवस्थामा वीर्यदाताहरु कम हुने अनुमान गरिएको छ।
यस्तै चीनमा युवाहरुको संख्या घट्दो छ। वृद्धवृद्धाको संख्या भने बढेको छ। त्यसैले पनि चीनका विभिन्न माध्यममा अहिले वीर्यदानका लागि अभियानै चलाइएको छ। ‘वीर्यदान रक्तदानसरह नै हो’ भन्ने नारासहित अभियान चलाइएको हो । – एजेन्सी

प्रतिक्रियाहरु