राष्ट्रपति भण्डारी विश्वका शक्तिशाली महिलाको सूचीमा

२०७३ जेष्ठ २५ गते, मंगलवार

काठमाडौं, २५ जेठ । नेपालको राष्ट्रपति विद्यादेवी भण्डारी विश्वका एक सय शक्तिशाली महिलामा परेकी छन । हरेक वर्ष जस्तै यस वर्ष पनि अमेरिकी पत्रिका फोर्ब्सले सार्वजनिक गरेको सन् २०१६ को विश्वका एक सय शक्तिशाली महिलाको सूचीमा राष्ट्रपति भण्डारी पर्नु भएको हो । फोर्ब्सका अनुसार राष्ट्रपति भण्डारी ५२ औँ स्थानमा छन । फोर्ब्सले हरेक वर्ष सार्वजनिक गर्ने विश्वका एक सय शक्तिशाली महिलाको सूचीमा नेपालले स्थान पाएको यो पहिलो पटक हो ।
सबैभन्दा शक्तिशाली सूचीमा यस वर्ष पनि जर्मन चान्सलर एन्गेला मर्केल पर्नु भएको छ । मर्केल लगातार विश्वको सबैभन्दा शक्तिशाली महिलाको सूचीको पहिलो स्थानमा छन । यस्तै दोस्रोमा अमेरिकी राष्ट्रपति पदको दौडमा रहेकी हिलारी क्लिन्टन परेकी छन । तेस्रो स्थानमा अमेरिकाकै वृत्त र लगानी क्षेत्रमा सक्रिय जेनेट एलन परेकी छन । चौथो र पाँचौ स्थानमा अमेरिकाकै मेलिन्डा गेट्स र म्यारी बारा परेका फोर्ब्सले जनाएको छ । यस्तै फ्रान्सकी क्रिस्टिना लेगार्ड छैठौँ स्थानमा, अमेरिकाकी शेरल स्यान्डबर्ग सातौँ, अमेरिकाकै सुसन वोन्जकी आठौँ, अमेरिकाकै मेग वाइटम्यान नवौँ र स्पेनकी अना पाटरिका १० औँ स्थानमा परेका छन् । यस्तै दक्षिण कोरियाकी राष्ट्रपति पार्क गुयन हेइय १२ औँ तथा प्रथम अमेरिकी महिला मिचेल ओबामा एक सयको सूचीमा १३ औँ स्थानमा पर्नु भएको छ । यस्तै भारतकी अरुन्धाती भट्टाचार्य २५ औँ, म्यानमारकी आङ साङ सुकी २६ औँ, बेलायती महारानी एलिजावेथ द्धितिय २९ औँ, बंगलादेशकी राष्ट्रपति शेख हसिना वाजेद ३६ औँ, र विश्व स्वास्थ्य संगठनकी महानिर्देशक मार्केट चान ३८ औँ स्थानमा परेकी छन ।

प्रतिक्रियाहरु