संघीय गठबन्धन तेस्रो चरणको आन्दोलनको तयारी गर्दै

२०७३ जेष्ठ १७ गते, सोमबार

काठमाडौ, १७ जेठ । सरकारविरुद्ध आन्दोलन गरिरहेको संघीय समाजवादी गठबन्धले आज पोखरामा सभा गरेर दोस्रो चरणको आन्दोलन समापन गर्ने भएको छ । आज दोस्रो चरणको आन्दोलन समापन गर्ने र अर्को चरणको आन्दोलनको कार्यक्रमका विषयमा तयारी गर्ने गठबन्धनले जनाएको छ ।
सिंहदरबार घेराउबाट सुरु भएको आन्दोलन, काठमाडौका विभिन्न ठाउँमा धर्ना सभापछि पोखरामा सभा गरेर सक्न लागिएको हो । सरकारले वार्तामा बोलाए पनि सर्त पुरा नभएको भन्दै गठबन्धन वार्तामा गएको छैन ।

प्रतिक्रियाहरु